सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, ११ : ०९
सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सोही मूल्यमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार पनि चाँदी सोही मूल्यमा कायम भएको थियो ।