काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा मृत फेला परेका छन् । काठमाडौँ, सिरहा, पर्सा र दार्चुलामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका–७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई मृत अवस्थामा फेला परेका छन् । राई बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै सिराहाको सिरहा नगरपालिका–१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय छोरा देवान्स मुखिया सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेका छन् । देवान्स बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
उता पर्साको वीरगंज महानगरपालिका–१७ अलौ बस्ने दिपक यादवकी छोरी ३ वर्षीया छोरी रिंकी कुमारी यादव पनि मृत अवस्थामा फेला परेकी छन् । रिंकी सोही ठाउँस्थित सार्वजनिक पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै दार्चुलाको नौगाड गाउँपालिका–१ एयरकोट बस्ने ७६ वर्षीय बिरभान सिंह महता पनि मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित सोल्याड भिरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला