सिमकोट । उमेर भर्खर पाँच वर्ष । पढाइ सुरु गर्नुपर्ने बेला, तर यो उमेरमा टोपे (गुम्बाको पूजारी) बन्न गुम्बामा जानुपर्ने । यो उनीहरुको रहर नभए बाध्यता हो । हिमालपारिको गाउँ नाम्खा गाउँपालिका–६, लिमीको चलन हो यो ।
आठ वर्षको उमेरमा गुम्बामा टोपे हुन पसेका २१ वर्षीय कन्जोक राङ्डोला तामाङ अहिलेसम्मको आफ्नो समय गुम्बामै बितेको बताउँछन् ।
बौद्ध ज्ञान बाहेक अन्य पढाइलेखाइ गर्न नपाका तामाङलाई अहिलेको प्रविधिबारे खासै जानकारी छैन् । गुम्बाको बसाइप्रति भने उनी सन्तुष्ट नै छन् ।
गाउँको चलनअनुसार घरको कान्छो छोराले गुम्बामा टोपे बस्नैपर्ने नियमअनुसार आफू बसी रहेको तामाङले बताए ।
बाहिरी संसारबाट बिमुख लिमी हल्जी गुम्बाका टोपे तामाङलाई अहिले भने दिग्दारी लाग्न थालेको छ ।
उनका साथीसङ्गीहरू अहिलो काठमाडौं र अमेरिकामा अध्ययन गरिरहेका छन् । साथीसङ्गीहरू जस्तै आधुनिक शिक्षा लिन नपाएकोमा उनलाई खिन्न लाग्थ्यो तर गुम्बामा गरिने बौद्ध धर्मको ध्यानले उनलाई अहिले भने अरु कुरा केही होइन भन्ने लाग्न थालेको छ । घर परिवारबाट टाढा भएपछि सबै कुरा गुम्बाका टोपे नै हो भन्ने लागेको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ कार्तिक २०७५, ०८ : ४६
लेखकबाट थप