सर्लाही । सर्लाहीबाट भारतको महाकुम्भ मेलामा गएकी एक महिलाको बाटैमा मृत्यु भएको छ।
कविलासी नगरपालिका- २ पिपरियाकी ७५ वर्षीया वैदेहीदेवी ठाकुरको शुक्रबार मलंगवास्थित नेपाल भारत सीमा नजिकै पुग्दा मृत्यु भएको हो।
वैदेहीदेवी नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरकी आमा हुन्।
उनी गाउँका अन्य मानिससँग रिजर्भ बसमा भारतको महाकुम्भ स्नानका लागि गएकी थिइन्।
मलंगवास्थित नेपाल–भारत सीमा नजिक पुगेपछि अचानक अचेत भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु