काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म गरी सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात हुँदा ३६ अर्ब ३५ करोड ७३ लाख २९ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।
यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ । यी खाद्यान्न भारतबाट ६ लाख ९७ हजार २८० मेट आयात हुँदा ३३ अर्ब ६९ करोड ५९ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, चीनबाट १ हजार ५१२ मेट खाद्यान्न आयात भएको छ । सो विपत् १८ करोड ५० लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।
थाइल्यान्ड, जापान, इन्डोनेसिया, साउथ अफ्रिका, इटाली, अमेरिका लगायत अन्य मुलुकबाट सात महिनामा २७ हजार ४४२ मेटको खाद्यान्न आयात हुँदा २ अर्ब २९ करोड ११ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ ।
यस्तै, चालु अबको गत सात महिनामा २ करोड २३ लाख ६८ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ । चालु आर्थिक वर्षको सात महिनामा ३६ अर्ब ३३ करोड ४९ लाख ६१ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।
यस्तै, सो कारोबारबाट सरकारले ३ अर्ब २२ करोड १८ लाख ४३ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा रोजगार गुमाएका नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
विश्व खाद्य मूल्यमा गिरावट : एफएओ
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
चितवन खाद्यान्नमा आत्मनिर्भर