रोम । मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।
नयाँ वर्षको पहिलो मासिक प्रतिवेदनमा एफएओले आफ्नो व्यापक खाद्य मूल्य सूचकाङ्क जनवरीमा एक महिना अघिको तुलनामा १ दशमलव ६ प्रतिशतले घटेको जनाएको छ ।
जनवरीमा पाँचमध्ये तीन उप–सूचकाङ्कमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । यसैबीच, ब्राजिल र भारतलगायत प्रमुख चिनी उत्पादक देशहरूमा राम्रो फसलका कारण चिनीको मूल्य अक्टोबर सन् २०२२ यताकै न्यूनस्तरमा ६ दशमलव ८ प्रतिशतले झरेको छ ।
तरकारी तेलको मूल्य ५ दशमलव ६ प्रतिशतले घटेको एफएओले जनाएको छ । मागमा आएको गिरावटले पाम तेलको मूल्य पनि तल झरेको छ । यद्यपि, दुग्धजन्य पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ माघ २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
चितवन खाद्यान्नमा आत्मनिर्भर
सात महिनामा आयो २८ अर्बको खाद्यान्न