काठमाडौँ । मोती शोभा श्रेष्ठद्वारा लिखित चार कृतिहरू शनिबार सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबिच अल्झेका धागाहरू, घुटु चियाया, रंगीचंगी फूलले सजिएको फूलबारी र नेचर नामक कृतिहरू सार्वजनिक गरिएको हो ।
काठमाडौँको मरुटोलमा जन्मिएकी उपन्यासकार श्रेष्ठले लामो समय सरकारी सेवामा बिताएकी थिइन् । उनी श्रम तथा यातायात व्यवस्था मन्त्रालयकी उपसचिव, वाणिज्य विभागकी निर्देशक, जनसंख्या तथा वातावरण र उद्योग मन्त्रालयमा उपसचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । यसअघि पनि उनका थुप्रै कृतिहरू सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १३ : ०२
लेखकबाट थप