बागमती गोल्डकप: आज एपीएफ र संकटा भिड्दै

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, ०८ : १०
बागमती गोल्डकप: आज एपीएफ र संकटा भिड्दै

हेटौंडा । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ। सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार विभागीय टोली एपीएफ र संकटा क्लब बिच प्रतिस्पर्धा हुदैँछ ।

बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रने छन् । 

यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो । गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हो । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोर्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । 

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस