हेटौंडा । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीवार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ। सातौं संस्करणको बागमती गोल्डकपमा बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन्
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछन् । यसअघि गोल्डकप अन्तर्गतको पहिलो खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई हराउँदै बागमती युवा क्लब सर्लाही क्वाटरफाइनलमा प्रवेश गरेको हो । मछिन्द्र भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो। मछिन्द्र गत संस्करणको विजेता टोलि हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती गोल्डकप: आज एपीएफ र संकटा भिड्दै
बागमती गोल्डकप आगामी शनिबारदेखि