काठमाडौं। प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले आफूलाई धम्काउने काम नगर्न चेतावनी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतकसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूमाथि अपमान गर्दै जाने हो भने संस्थागत रूपमै कानूनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
यस्ता गतिविधि तत्काल बन्द गर्न उनले चेतावनीसमेत दिएका छन् । 'राष्ट्रिय सभाका माननीय सांसदज्यूहरू, राष्ट्रिय सभाले एउटा निर्वाचित सांसदलाई तर्साउने र धम्काउने, संसद्मा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गर्दै जाने हो भने म पनि संस्थागत र नीतिगत रूपमा कानुनी उपचारमा जान बाध्य हुनेछु,' उनले लेखेका छन्, 'त्यसैले भन्दछु यस्ता गतिविधि तत्काल बन्द गर्नुस्। सत्य कुरालाई स्वीकार्नुस्।'
यसअघि उनले राष्ट्रिय सभालाई ‘वृद्धाश्रम’को संज्ञा दिएका थिए । शाहीले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट ‘हुबहु’ पारित गरेको जिकिरसहित रोष प्रकट गरेका थिए। त्यसपछि राष्ट्रिय सभाको आइतबारको बैठकले खेद प्रस्ताव पारित गरेको थियो । यसबारे प्रतिनिधि सभामा पनि प्रश्न उठेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित
ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईंहरूविरुद्ध आन्दोलन गर्यो भने के हालत होला ?
एमाले सांसद रघुजी र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बीच वादविवाद
प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं
प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई शाहीको आग्रहः एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्