कैलालीमा फरक स्थानमा दुई जना मृत फेला

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०८१, १० : ०९
कैलालीमा फरक स्थानमा दुई जना मृत फेला

धनगढी । कैलालीमा फरक स्थानमा दुई जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जनाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेलधुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेका थिए।

कामीको शव दिउँसो ४ बजेतिर भेटिएको हो। उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थल कार्य सकाएर शव त्यहाँबाट उठाएर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

यस्तै जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत अवस्थामा फेला परेका थिए। उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत फेला परेको प्रहरीले जनाएको छ। कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ। दुवै घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस