काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मूल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चित हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यही अनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो । जातीय विभेदलाई निर्मूल हुनुपर्छ भनेर म सधैँ लागि परेको छु,’ उनले भने ।
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु,’ उनले भने ।
आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआइजी भएको उनले बताए । ‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदो रहेछ । डीआइजी बढुवा गर्दा डम्बरलाई नछुटाई गर्नु भनेँ । नेपाल प्रहरीमा पहिलो पटक एक जना डीआइजी हुनुभयो ,’ उनले भने ।
निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले लिएको गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री
गृहमन्त्री लेखकले गरे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक