ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।
३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।
यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा वर्षकै बाक्लो हिमपात
पाथीभरा तनाव: शुक्रबार राति १२ बजेदेखि ताप्लेजुङमा यातायात बन्द गर्ने घोषणा
पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्या हाम्रो हाइन्ः गृह मन्त्रालय
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण
पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात