पाथीभरामा वर्षकै बाक्लो हिमपात

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०८१, १० : १०
पाथीभरामा वर्षकै बाक्लो हिमपात

ताप्लेजुङ ।  ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ।

गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुसमा पहिलोपटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो।

त्यस्तै फागुन महिनामा दोस्रोपटक सामान्य हिमपात भएको थियो।

गएराति भने निकै बाग्लो हिमपात भएको छ। महतले भने, ‘यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो। तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ। यस वर्षकै बाक्लो हिमपात भएको छ।’

पाथीभरामा हिमपात

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।

उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइबरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन्। 

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउँले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो।

प्रतिक्रिया दिनुहोस