काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश पारित गर्न राष्ट्रियसभामा समेत बहुमत पुग्नेगरी छलफल भएको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा रहेका र सरकारलाई समर्थन गरेका दलका शीर्ष नेताबीच भएको छलफलपछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले अध्यादेश दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे । शनिबारको बैठकमा दलहरूबीच त्यही विषयमा सकारात्मक छलफल भएको गृहमन्त्री लेखकले बताए ।
‘दर्ता भएका अध्यादेशहरू संघीय संसद्को दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन्’, गृहमन्त्री लेखकले भने, ‘मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ ।
छलफल सकारात्मक छ । सकारात्मक रूपले निष्कर्षमा पुगेको छ ।’अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र त्यसका लागि बैठकमा सहभागी सबै राजनीतिक दल सहमत भएका उनले बताए ।
‘यो प्रक्रिया चाँडै अघि बढ्छ । राष्ट्रियसभामा पनि बहुमत पुग्नेगरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिस्थापन गर्नैपर्छ’, गृहमन्त्री लेखकले भने, ‘अहिले हाम्रा बीचमा जुन अध्यादेशमा सहमति भएको छ, ती अध्यादेशहरू अघि बढ्छन् ।
भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री
गृहमन्त्री लेखकले गरे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक