अख्तियार ऐन संशोधन विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन

सफल खबर संवाददाता

आइतबार, २५ कार्तिक २०८१, १३ : २८
अख्तियार ऐन संशोधन विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ सालई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले १२ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको संयोजक हृदयराम थानी छन् ।

उपसमितिको सदस्यहरुमा सांसदहरू अशोक कुमार राई, चन्दा कार्की भण्डारी, दिलेन्द्र प्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सरिता प्रसाई, सवेन्द्र नाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका अनुसार उपसमितिले यो विधेयकमा सहमति जुटाएर मूल समितिमा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस