‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

सफल खबर संवाददाता

सोमबार, २८ माघ २०८१, ११ : ४५
‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो ।

फिल्मलाई एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्मको अहिले आँचल र खगेन्द्र मात्र फाइनल भएका हुन् । अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।

प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । आलोक शुक्लाको फिल्ममा छायाङ्कन रहनेछ ।  निर्देशक एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस