काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ ।
अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए । सो घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ
जुवा खेलाएको आरोपमा एक युवक पक्राउ