काठमाडाैँ । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ ।
यूएसजीएसका अनुसार केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो।
भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ माघ २०८१, ०८ : ५१
लेखकबाट थप