दिल्ली विधानसभा चुनावको मतगणना सुरु

एजेन्सी

शनिबार, २६ माघ २०८१, ०९ : ०९
दिल्ली विधानसभा चुनावको मतगणना सुरु

एजेन्सी । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ।

दिल्ली चुनावमा मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी, भारतीय जनता पार्टी र भारतीय कंग्रेसबीच हुने अनुमान छ। धेरैजसो एक्जिट पोलले भाजपाले अग्रता लिने भविष्यवाणी गरेका छन्।

तर आम आदमी पार्टीले यो गलत साबित हुने र ५० भन्दा बढी सिट आफूले जित्ने बताएको छ।यस्तै कंग्रेस आफूले पुनरागमन गर्ने आशामा छ।

सन् २०१३ को विधानसभा चुनावमा अरविन्द केजरीवालको आम आदमी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भने भाजपाले ३० भन्दा बढी सिट जितेको थियो।

२०१५ र २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले आफ्नै बलबुतामा बहुमत प्राप्त गर्‍यो।

यसैबीच, २०१४, २०१९ र २०२४ को लोकसभा चुनावमा भाजपाले दिल्लीका सबै सात लोकसभा सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस