बाग्लुङ। बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरूले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका हुन् ।
दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत् ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन्।
ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान गरी २४ लाख लगानी भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए ।
'परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरूले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा, साढे ११ हजार बिरुवा रोपियो