काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको प्रियंका कार्की र दीया मास्के स्टारर फिल्म ‘ममी’को प्रिमियर गरिएको छ । बुधबार बेलुका क्यूएफएक्सको सिभिल हलमा प्रिमियर गरियो ।
समारोहमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रू’ सहभागि थिए । फिल्म हेर्न दीपाश्री निरौलादेखि पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए । हरर जनराको यो फिल्म टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ ।
सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएकाले यो फिल्मलाई १७ वर्षभन्दा कम उमेर समूहका दर्शकले हेर्न पाउनेछैनन् । प्रिमियर समारोहमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हरर फिल्म 'ममी' को दोस्रो पोस्टर सार्वजनिक