जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पवर्तको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो ।
३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो ।
सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले शुरुमा हस्ताक्षर संकलन गरे ।
त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे ।
त्यो सर्वसम्मत पारित भयो । अनि हामीले तत्कालै भारतबाट बाँदरविद् बोलाएर नियन्त्रण थाल्यौँ, गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।
अध्यक्ष पौडेलका अनुसार बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ कार्तिक २०७५, ०७ : ००
लेखकबाट थप