फिल्म 'लवयापा' लाई लिएर जुनैद खान र खुशी कपूर चर्चामा

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०८१, १३ : ३२
फिल्म 'लवयापा' लाई लिएर जुनैद खान र खुशी कपूर चर्चामा

काठमाडौँ । आमिर खानका छोरा जुनैद खान र श्रीदेवीकी छोरी खुशी कपूर आगामी फिल्म 'लवयापा' लाई लिएर चर्चामा छन्। रोम-कोम फिल्मलाई लिएर दर्शक उत्साहित छन्। यो फिल्ममा जेन-जी रिलेशनशिप र त्यसबाट आउने समस्यालाई देखाइएको छ।

यस फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। ट्रेलरलाई अभिनेता आमिर खानले लन्च गरेका थिए। जुनैदका अनुसार यो फिल्म मन पराएपछि जुनैदले ट्रेलर सार्वजनिक गरेका हुन्। 

'म जति उहाँलाई चिन्छु। उहाँलाई फिल्म मन परेन भने तारिफ गर्नु हुँदैन। यदि उहाँलाई फिल्म मन पर्यो भने पनि तारिफ गर्नु हुँदैन। तर यो फिल्म उहाँलाई खुब मन परेको छ त्यसैले उहाँले फिल्मको तारिफ गर्नु भएको हो। उहाँलाई महाराज पनि मन परेको थियो तर ट्रेलर लन्च गर्छु भन्नु भएन। उहाँले यो फिल्म हेरेपछि प्लीज मलाई यसको ट्रेलर लन्च गर्न देऊ भन्नु भयो। उहाँलाई यति धेरै मन पर्याे,' जुनैदले भने। 

अद्वैत चन्दन निर्देशित फिल्म 'लवयापा' ७ फ्रेबुअरीमा रिलिज हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस