काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले ३ महिनाअघि चितवनमा गएका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् ।
दुर्गाराज रेग्मीलाई नुवाकोट, राजन लिम्बुलाई चितवन, सन्तोष तामाङलाई बारा र रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । सुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाईमा सरुवा भएका छन् । सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली प्रहरी परे सक्कली प्रहरीको फन्दामा
नेपाल प्रहरीमा रोजगारको अवसर
प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
१५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन