काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अराजक काम गर्ने जो सुकै भएपनि अनुसन्धानको दायरामा ल्याएर कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणका विषयमा धारणा राख्दै उनले भने,‘दिनेश त्रिपाठीमाथि आक्रमण भएको विषयमा ध्यानाकर्षण भएको छ । हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । पेसागत अधिकार हकलाई सुनिश्चित गरिएको छ ।
उपचार गरे बापत चिकित्सक, बहस गरेबापत अधिवक्ता कुटिने भए समाज कहाँ पुग्छ ? दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा निन्दनीय छ । गृहमन्त्री लेखकले दिनेश त्रिपाठीमाथि आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री लेखक
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री