काठमाडौँ । सांसद दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समिति बैठकमा बोलाउन आग्रह गरेकी छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै राईले समसामयिक राजनीतिक विषय बस्तुमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाउनुपर्ने बताएकी हुन् ।
राईले बैठकमा भनिन्– ‘प्रधानमन्त्रीज्यूलाई यो बैठकमा बोलाउनुहोला । मैले सबै सोधेको प्रश्नको जवाफ गृहमन्त्री ज्यूले दिन सक्नुहुन्न । प्रधानमन्त्रीज्यू यो समितिमा उपलब्ध हुनुपर्यो । समसामयिक राजनीतिक विषयमा बस्तुमा छलफल गर्नका लागि ।
उनले प्रधानमन्त्री ओलीले अध्यादेशबाट देश चलाउन लागेको भन्दै सबैलाई बेकामे बनाइएको आरोप लगाइन् । उनले भनिन्– ‘नागरिकबाट कर लिइरहेका छौँ, हामी किन बेकामे भयौँ ? अध्यादेश ल्याउँदै हामीलाई बेकाम बनाएर नराख्नुहोला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १४ : ५३
लेखकबाट थप