काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभाग महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने योजना बनाइएको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र सम्बन्धि भएको छलफलमा कटेलले सो कुरा बताएका हुन् ।
उनले भने, ‘कार्ड सबैतिर सुस्त भएको छ । पालिका तहबाट वितरण गर्ने योजना बनाएका छौँ । अहिले तनहुँमा गरिरहेका छौँ । त्यहाँ सफल भए दशभर लैजान्छौँ।’ महानिर्देशक कटेलले राष्ट्रिय परिचयपत्रमा फर्केट डेटा कलेक्सन गर्न लागिएको समेत जानकारी दिए । उनले भने, ‘यसमा फर्केट डेटा कलेक्सन छ । हजुरबुबा र हजुरआमाको पनि डिटेल राखिन्छ, नाम नागरिकता नम्बर राखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि विशेष शिविर सञ्चालन
चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन
यस वर्ष १ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र