वाग्मती । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो । आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन हुनेछ ।
जिल्लाको थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, वाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राससलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय
चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन
यस वर्ष १ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र