काठमाडौँ । सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीका इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको छ ।
पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र