काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले जिल्लाको मर्यादामा सिडिओ एक नम्बरमा हुनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । ‘प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हो,’ रेग्मीले भने, ‘यस कारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्छ ।’
जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोध गराउन पनि सिडिओको मर्यादा एक नम्बरमा राख्नुपर्ने उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १४ : ४३
लेखकबाट थप