काठमाडौँ । नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेमा आर.डी.प्रभास चटौत र युवा कवि मनोज भण्डारी रहेका छन् । चटौत २१ हजार १ सय ११ सहितको ‘सुभद्रा – विश्वराज स्रष्टा सम्मान–२०८१’ र भण्डारी रु १५ हजार एक सय रुपैयाँ राशिसहितको ‘कँडेल युवा स्रष्टा सम्मान–२०८१’बाट सम्मानित भए । चटौत र भण्डारीलाई वरिष्ठ साहित्यकार राजेन्द्र विमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले उक्त सम्मान प्रदान गरे ।
कवि भण्डारी नेपाल संस्कृत विश्वविद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता हुन् । पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् ।
यसैगरी चटौत नेपाली, अङ्ग्रेजी, हिन्दी साहित्यका ज्ञाता, सम्पादक, ज्योतिष शास्त्रमा समेत दखल भएका, प्राध्यापन, विभिन्न साहित्यिक सङ्घसंस्थामा क्रियाशिल ब्यक्ति हुन् । उनको झन्डै तीन दर्जन कृति प्रकाशित छन् ।कार्यक्रममा डा.विमलले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्नेमा जोड दिए ।
स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गत वर्ष समाजले ३१ वटा कार्यक्रम गर्न सफल भएको स्मरण गर्दै समाजका सम्पूर्ण सदस्यहरूको सहयोगमा यो सम्भव भएको धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ११ : ११
लेखकबाट थप