काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व ‘तमु ल्होसार’को अवसरमा पर्व मनाउने सबैमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ।’
प्रधानमन्त्री ओलीले संस्कृतिमा नेपाली धेरै धनी रहेको उल्लेख गर्दै सबैमा तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशको स्वाधीनताको झण्डा झुक्न दिनु हुँदैन : प्रधानमन्त्री ओली
मौरीको संगत गर्नुस्, झिँगाले फोहोरको डंगुरमा पुर्याउँछ : प्रधानमन्त्री ओली
सहकारीसम्बन्धी अध्यादेशमा भएका प्रावधान परिमार्जन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
देशको अर्थतन्त्रमा राजनीतिक अस्थिरताले प्रतिकुल असर पारेको छ: प्रधानमन्त्री ओली
डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको महत्त्वपूर्ण विधा हो : प्रधानमन्त्री ओली