काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।
आज (शुक्रबार) दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुनेछन्।
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ।
सभापति लामिछानेले गएको आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए। लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
रास्वपाले बोलायो सचिवालय बैठक
पोखरामा आज पनि रास्वपाको प्रदर्शन
रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी