पूजा शर्माविरुद्ध खनिइन् समीक्षा अधिकारी

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, १३ : ०८
पूजा शर्माविरुद्ध खनिइन् समीक्षा अधिकारी

काठमाडौंँ । गायिका समिक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल साहसँगैको एक पोडकाष्ट कुराकानीमा समिक्षा लक्षित अभिब्यक्ति दिएकी थिइन् । 

 सामाजिक संजालमा एक पोष्ट समीक्षाले आफु पनि छोरी भएर एउटा १४ बर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ? भन्दै पूजालाई प्रश्न गरेकी छन् । ‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ  । कि त भगवानलाई थाहा छ ।’
‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ र माफी दिएर सावित गरिदिएँ’, उनले भनेकी छन्, ‘सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’

पूजाले आफ्नो बिषय बाहिर ल्याएर फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् ।  पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिहरन जरुत छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस