काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ।
कार्यकारी निर्देशकबाट घिसिङ हटाउन अनेकौ ‘तिकडम’ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा विज्ञ बनाएर उनलाई अन्यत्र सरुवा गर्न लागेका हुन्।
स्रोतले दिएको जानकारीअनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकूलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ।
गत असार अन्तिममा सत्तारोहण गरेका ओली घिसिङलाई हटाउन एक सुत्रीय एजेण्डा बोकेर हिँडेका छन्। तर प्राधिकरणका भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोगनै गठन गरेपनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि ओली विफल भएका थिए।
घिसिङलाई निरुत्साहित गर्न सरकारले पटक पटक प्रष्टीकरण सोध्दै आएको छ। यसअघि २०७८ साउन २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगको विज्ञ बनाएर प्राधिकरणबाट बिदा गरेको थियो।
रिक्त पदमा घिसिङ दोस्रो कार्यकालका लागि निर्देशकमा नियुक्त भएका थिए। संभवत प्रधानमन्त्री ओलीले यहीँ तरिका अपनाएर घिसिङलाई आजको नियमित मन्त्रिपरिषद्बाट धपाउने तयारी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)
बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो: कुलमान घिसिङ
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार