बुटवल । गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् । बुधबार रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका हुन् ।
सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए ।
हाइड्रोतर्फ धेरै नै टनेलहरू बनाइएको भए पनि सडक तर्फ नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भएकाले यी सुरुङ मार्गहरूको निर्माणले नेपालको सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने उनको भनाइ थियो । सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न उनले आग्रह समेत गरे ।
आयोजनाले सार्वजनिक गरेको मंगलबारसम्मको प्रगति प्रतिवेदन अनुसार सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत पुगेको छ ।
प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न बाँकी छ ।
आयोजनाका अनुसार मुख्य टनेल ९९७ मिटर खनेर सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । अब ९२ मिटर खनेपछि मुख्य टनेल ब्रेक थ्रु हुने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
राष्ट्रियसभामा पनि बहुमत पुग्नेगरी छलफल भएको छ : गृहमन्त्री लेखक
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि : गृहमन्त्री लेखक