काठमाडौं। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका विजेताले नगद एक करोड १० लाख रूपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पुरस्कार राशि सार्वजिनक गर्दै विजेतलाई एक करोड १० लाख नगद दिने घोषणा गरेको हो ।
क्यानका अनुसार उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रूपैयाँ पाउनेछन् । जारी एनपीएलमा समूह चरणका खेल सकिसकेका छन् । जस अनुसार समूह चरणबाट सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान पक्का गरेका छन् ।
बुधबार हुने एलिमिनेटरमा चितवन र कर्णाली भिड्नेछन् भने पहिलो क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्। पहिलो क्वालिकायर विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर