काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद(दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजाको आह्वानपछि राप्रपाले बोलायो कार्यसम्पादन बैठक, राणाले गरे दीप प्रज्ज्वलनको उर्दी
अर्थ र पूर्वाधार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
सिंहदरबारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक
भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति