काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ परनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको छ।
सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए। सइफलाई दोस्रो ओभरमा पोखराका रेमन्ड रेइफरले बोल्ड गरेका थिए। भण्डारी सातौं ओभरमा पोखराका कप्तान कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच भए।
भण्डारी आउट भएकै ओभरमा ब्रान्डन माक्मलेन पनि २३ रनमा आउट भए। उनलाई भुर्तेलले सागर ढकालबाट क्याच गराए।
दशौं ओभरमा हरमित सिंहलाई माइकल लिस्कले १३ रनमा सुदिप अर्यालबाट क्याच गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर