नेपाल प्रिमियर लिग

चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०८१, १५ : ३९
चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

काठमाडौं । कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले  कुशलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो ।

मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे ।