काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो ।
सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरुमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो । १८.१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो ।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै जोड्न सक्यो । ब्याटिङका लागि कठिन पीचमा कर्णालीका अलराउन्डर विलियम बोसिस्टोले फेरि एकपटक महत्वपूर्ण पारी खेले । उनले ३० बलमा ३ छक्का र तीन चौकाको मद्दतले ४४ रन जोडेका थिए । ओपनर बाबर हायातले २० र अर्जुन घर्तिले २५ रन बनाए ।
लुम्बिनीका विकास आग्रीले ३ विकेट र तिलक भण्डारीले २ विकेट लिएका थिए । रामोन सिमोन्ड्स, साद विन जाफर र रोहित पौडेलले १–१ विकेट बाँडे ।जवाफी ब्याटिङमा कर्णालीले सामान्य सुरुवात गर्यो । ४० रनमा तीन विकेट गुमाएपश्चात टम मुर्स र सन्दीप जोराको साझेदारीले लुम्बिनीलाई बलियो स्थितिमा पुर्यायो । १३.४ ओभरमा ३ विकेट गुमाउँदा कर्णालीले ९१ रन जोडेको थियो । जितका लागि ३८ बलमा ३८ रन चाहिएको अवस्थामा ठूलो सट खेल्ने प्रयासमा जोरा आउट भए । उनले २१ बलमा २४ रन बनाएका थिए ।
जोरापछि आएका बेन कटिङको ब्याट चलेन । उनी ६ बलमा १ रन बनाएर आउट भएपछि लुम्बिनी दवावमा परेको थियो । फेरि टम मुर्स र साद जिन जाफरबीचको साझेदारीले कर्णालीमा दवाव फर्कियो । तर, १७.५ ओभरमा टम मुर्सलाई नन्दन यादवले बोल्ड गरिदिए ।
मुर्स आउट भएपछि लुम्बिनीको आशा जाफरमा टिकेको थियो । अन्तिम दुई ओभरमा लुम्बिनीलाई जितका लागि १५ रन आवश्यक भयो । तर, १९ औं ओभरको पहिलो बलमै जाफर रनआउट भए । निकै क्लोज कलमा टिभी अम्पायरले उनलाई आउट दिएपछि खेल फेरि कर्णालीको पक्षमा आयो । सोमपालले १९ औं ओभरमा ६ रन खर्चिए ।
अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन आवश्यक पर्यो । तर, कर्णालीका नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै लुम्बिनीका ब्याटरलाई कुनै मौका दिएनन् । अन्तिम बलमा छक्का हानेर जित निकाल्ने अवसर कर्णालीका ब्याटरसँग थियो । तर, नन्दनको बलमा तिलक भण्डारी बिट भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर