काठमाडौं । लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ । लुम्बिनीको धारिलो बलिङलाई काठमाडौंको ब्याटिङ लाइनअपले धान्न सकेन ।
लुम्बिनीका लागि भीम सार्कीले ४० बलमा सर्वाधिक ३१ रन बनाए । काठमाडौंका ब्याट्सम्यानले ६२ डट बल खेलेका थिए ।टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले खराब सुरुवात गर्दै एक रनमै पहिलो विकेट गुमाएको थियो । मिचेल लेभिटलाई खाता खोल्न नदिइकन रामोन सिमोन्ड्सले बोल्ड गरे । काठमाडौंले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।
काठमाडौंका अर्का ओपनर स्टेफन स्केनेजी १३ रन बनाएर पेभिलियन फर्किए । गेहार्ड इरास्मस पनि चलेनन् । सुमित महर्जनले पनि ४ रनमात्रै जोड्न सके ।भीम सार्की र डाउन डाउथवाइटले केही बेर साझेदारी गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरेका थिए, तर १२.६ ओभरमा ६५ रन जोड्दा उनीहरुको साझेदारी तोडियो । डाउथवाइट २१ रन बनाएर आउट भए । रसिद खान र करण केसी चलेनन् ।
नवौं नम्बरमा आएका प्रतीक श्रेष्ठले १४ बलमा २० रन हान्दै टीमलाई १०० को स्कोर माथि पुर्याएका थिए । १९.२ ओभरमा काठमाडौं अलआउट भयो ।लुम्बिनीका लागि साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्ड्स र अभिशेष गौतमले २-२ विकेट बाँडे । सूर्य तामाङले विकेटको खाता खोले । विवेक यादवले पनि एक विकेट आफ्नो नाममा लेखाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर