काठमाडौँ । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल : सतर्क रहनुहोस्
नयाँ दिल्लीमा भूकम्पको धक्का
जुम्लामा लगातार दोस्रो भूकम्प
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
पर्वत केन्द्रबिन्दु भएर भूकम्पको धक्का