नेपाल प्रिमियर लिग

पोखरा १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट

सफल खबर संवाददाता

मंगलबार, २५ मंसिर २०८१, १४ : ३६
पोखरा १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट

काठमाडौं । पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।

स्पिनर विलियम बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाए पछि अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सामान्य लक्ष्यमा अलआउट भएको हो । कर्णालीलाई कम रनमा रोक्न बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिए ।