काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छन् ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताए । उनले भनिन्, “आँखा शरीरको महत्त्वपूर्ण तथा संवेदनशील अंग हो । आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक छ । विश्वविद्यालय निर्माण गर्न आवश्यक छ । यो विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्छ ।”
बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरूलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने बताए ।
संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह (गरिमा)ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताइन् । उनले भनिन्, “दक्षताको हिसाबले पनि यो विश्वविद्यालय बन्नु राम्रो हो । यो स्वागतयोग्य निर्णय हो । तिलगंगाले आफैँ लेन्स उत्पादन गरेर निर्यात गर्नु पनि एकदमै राम्रो पक्ष हो ।”
समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगंगाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ मंसिर २०८१, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'शिक्षकलाई देशभर खटाउन आवश्यक’ : शिक्षामन्त्री भट्टराई
एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई
शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह - आन्दोलन होइन कक्षामा जानुस्
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ: मन्त्री भट्टराई