भ्रष्टाचार नियन्त्रण हामी सबैको साझा जिम्मेवारी हो : मुख्यसचिव अर्याल

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०८१, १२ : ३६
भ्रष्टाचार नियन्त्रण हामी सबैको साझा जिम्मेवारी हो : मुख्यसचिव अर्याल

काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालले भ्रष्टाचार नियन्त्रण हामी सबैको साझा जिम्मेवारी भएको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी, सार्वजनिक, निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्यमा मात्रै भ्रष्टाचार निवारण गर्न सकिने बताएका हुन् ।

भ्रष्टाचार निवारण गर्न सबैसँग सहकार्य गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको छ र रहिरहने उनले बताए । 'भ्रष्टाचार नियन्त्रण हामी सबैको साझा जिम्मेवारी हो ।

शासनमा सहकार्य गर्ने सबै पात्रहरूमा नैतिकता, सदाचारिता र इमान्दारिताका मूल्यहरूको विकास गरी नैतिक रूपमा उन्नत र समृद्ध नेपाल निर्माण गर्न प्रयन्न आवश्यक देखिएको छ,' उनले भने, 'बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको छ र रहिरहने छ।'

भ्रष्ट्राचारका अतिरिक्त भ्रष्टाचारको आरोपको डरले सृजित अकर्मण्यता अहिले मुख्य समस्याको रूपमा देखा परेको उनले बताए । 

 

 

 

 

प्रकृया र नतिजाबीच सन्तुलन मिलाई असल मनसायका साथ काम गर्दा आरोपित हुन नपर्ने प्रणाली स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस