काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
लुम्बिनी र पोखरा दुवै टोली पहिलो जितको खोजीमा छन् । लुम्बिनीको टिममा दुई परिवर्तन भएको छ । बेन कटिङ र अर्जुन साउदको स्थानमा उन्मुक्त चन्द र दिनेश अधिकारी पहिलो रोजाइमा खेलेका छन् ।
पोखराले लगातार दुई खेल हारिसककेो छ भने लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो । यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
एनपीएल पहिलो क्वालिफायरः सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
विदेशी ब्याटर चम्किँदा कर्णालीले दियो चितवनलाई १७६ रनको चुनौती
एनपीएलका विजेताले एक करोड १० लाख पाउने, उपविजेताले कति?
कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट
कर्णालीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य