नेपाल प्रिमियर लिग क्रिकेटमा रवि बोपराले बनाए दोस्रो अर्धशतक

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०८१, १० : ४४
नेपाल प्रिमियर लिग क्रिकेटमा रवि बोपराले बनाए दोस्रो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटको शुक्रबार खेलिएको खेलमा चितवन राइनोजका ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।

उनले ३५ बलमा आफ्नो अर्धशतक पुरा  गरे । यसक्रममा उनले एक छक्का र सात चौका पनि प्रहार गरे । उनी अविजित ५३ रन बनाउँदै क्रिजमा छन् । बोपराले जारी एनपीएलमा ब्यक्तिगत रुपमा बनाएको यो दोस्रो अर्धशतक हो । जारी एनपीएलमा बनेको यो नवौँ अर्धशतक हो ।

यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस