काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरुङ रहेका छन् ।
उनीहरूले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ४० हजार र अर्को पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।सोही पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ भाटभटेनीबाट मंगलबार र काठमाडौं पासीकोटबाट बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
लिथुआनिया पठाउने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भन्दै ठगी